"श्री चामलिङले रदु-खाण्डुका जनतासँग गर्नुभयो प्रत्यक्ष संवाद"

"श्री चामलिङले रदु-खाण्डुका जनतासँग गर्नुभयो प्रत्यक्ष संवाद"

"श्री चामलिङले रदु-खाण्डुका जनतासँग गर्नुभयो प्रत्यक्ष संवाद"

एसडीएफ अध्यक्ष श्री पवन चामलिङले आज पश्चिम सिक्किमअन्तर्गत मानेबुङ-देन्ताम समष्ठिको रदुखाण्डु जीपूयु-को भ्रमण गर्नु भयो। भ्रमणका क्रममा श्री चामलिङले स्थानीय विभिन्न शोकाकूल परिवारजनलाई भेटी समवेदना प्रकट गर्नुभयो।

यसका साथै एसडीएफ अध्यक्षले आज यस समष्ठिका जनता तथा एसडीएफ पार्टीका कार्यकर्ताहरूसित प्रत्यक्ष संवाद गर्दै विभिन्न जनगुनासोको जायजा लिनुभयो। संवादका क्रममा स्थानीय जनतालाई सिक्किम र सिक्किमेली जनताका साथमा एसडीएफ पार्टी सदैव रहेको श्री चामलिङले बताउनु भयो।

आज स्थानीय सेवानिवृत्त सैनिक श्री सिसिर विष्ट विधिवत एसडीएफ पार्टीमा सामेल बन्नुभयो। श्री विष्टलाई एसडीएफ अध्यक्षले खदार्पण गरी पार्टीमा स्वागत जनाउनु भयो।
Back to blog

Leave a comment