प्रेस विज्ञप्ति
"जुम-सालघारी समष्टिका 15 घर एसकेएम समर्थकहरू एसडीएफ पार्टीमा सामेल"
सत्तारुढ एसकेएम पार्टीलाई आफ्नो समर्थक र कार्यकर्ताहरूले परित्याग गर्ने क्रम जारी छ। आज जुम-सालघारी समष्टिको जोरथाङ डाँडा गाउँ, सिस्ने र बैगुनेका 15 घर एसकेएम समर्थकरूले पार्टी परित्याग गरी एसडीएफ पार्टीमा सामेल बने।
जोरथाङस्थित एसडीएफ पार्टी जोनल कार्यलयमा पश्चिम सिक्किम कार्यकारिणी समितिद्वारा आयोजित सामेल कार्यक्रममा 15 परिवार विधिवत रूपमा एसडीएफ पार्टीमा प्रवेश गरे। पार्टीका वरिष्ठ उपाध्यक्ष श्री सतीस मोहन प्रधानको अध्यक्षतामा आयोजित यस सामेल कार्यक्रममा सामेल हुनेहरूलाई खदामालासहित पार्टीको झण्डा र साहित्य प्रदान गरे।
पार्टीमा प्रवेश बन्ने महानुभवहरूले यतिका समयसम्म एसकेएम सरकारसित सन्तुष्टि नभएको कारण यस पार्टीलाई परित्याग गरी आफुहरू एसडीएफ पार्टीमा सामेल बनेको बताए।
सामेल कार्यक्रममा अध्यक्षीय छोटो सम्बोधन राख्दै श्री सतीस मोहन प्रधानले उचित समयमा एसडीएफ पार्टी र नेता श्री पवन चामलिङको नेतृत्व आत्मसात गरेकोमा सामेल हुने महानुभवहरूलाई बधाई टक्राए। यसका साथै उनले सिक्किमको विकास, समृद्धि र जनतालाई न्याय दिने केवल एसडीएफ पार्टी मात्र हो भने। श्री चामलिङको नेतृत्वमा सबैको सुरक्षा र कल्याण हुने बताउँदै सबै विश्वस्त बन्न श्री प्रधानले आग्रह गरे।
आज सामेल हुनहरूमा श्री प्रकाश लखन्द्री,श्री गणेश अधिकारी,श्री राम कुलुङ ,श्री नरेश कुमार राई,श्रीमती बबिता क्षेत्री,श्रीमती अर्पणा मगर, श्रीमती जस माया मगर, श्रीमती जोग माया राई, श्रीमती देवीका मगर, श्री हरि प्रसाद विश्वास, श्री सचीन राई, श्री प्रदीप थापा, श्रीमती संगीता राई, श्रीमती कमला लिम्बू, श्रीमती अमृता सौदेन आदि रहेको छ।
जी एस रिजाल
महासचिव प्रचार-प्रसार (सोरेङ-गेजीङ जिल्ला)
एसडीएफ।
03.08.2023