"सरकार परिवर्तन भएको चार वर्ष बित्दा पनि हिङ्दामदेखि टासिडिङ-चोङराङ सडक जीर्ण अवस्था हुनु भनेको एसकेएम सरकारको ठूलो विफलता हो: ओटी भोटिया"

"सरकार परिवर्तन भएको चार वर्ष बित्दा पनि हिङ्दामदेखि टासिडिङ-चोङराङ सडक जीर्ण अवस्था हुनु भनेको एसकेएम सरकारको ठूलो विफलता हो: ओटी भोटिया"

प्रेस विज्ञप्ति

"सरकार परिवर्तन भएको चार वर्ष बित्दा पनि हिङ्दामदेखि टासिडिङ-चोङराङ सडक जीर्ण अवस्था हुनु भनेको एसकेएम सरकारको ठूलो विफलता हो: ओटी भोटिया"

सिक्किम बचाऔँ अभियानअन्तर्गत पश्चिम सिक्किममा एसडीएफ पार्टीको समष्टिस्तरीय सभा निरन्तर भइरहेका छन्। यसैक्रममा आज चौथों सभा योक्सोम टासिडिङ समष्टिको चोङराङ खेल मैदानमा सम्पन्न भयो। पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व मन्त्री श्री ओटी भोटियाले अध्यक्षता गरेको सभामा वरिष्ठ उपाध्यक्ष तथा पूर्व विधानसभा अध्यक्ष श्री केटी ग्याल्छेन विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। सभामा अन्य पदाधिकारीहरूसहित स्थानीय जनताको व्यापक उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै पार्टीका युवा नेताहरू श्री एम बी लिम्बू, श्री रिकजिङ नर्बु भोटिया, श्री अरूण लिम्बूले एसकेएम सरकारद्वारा गरिएका सिक्किम र जनविरोधी क्रियाकलापहरूबारेमा प्रकाश पारे। यसका साथै 2024 मा सिक्किम बचाउन एसडीएफ पार्टीलाई राज्यको नेतृत्व दिलाउन किन आवश्यक छ भन्ने गहन विषय आवगत गराए। जनतालाई सिक्किम बचाउन एसडीएफ पार्टीलाई आगामी चुनाउमा विजयी गराउन युवा नेताहरूले आग्रह गरेका थिए।

पार्टीका वरिष्ठ उपाध्यक्ष श्री टी एन शर्माले एसडीएफ पार्टीद्वारा प्रकाशित सत्य-तथ्यमा आधरित पार्टी साहित्यबारे संक्षिप्तमा प्रकाश पारे। यसका साथै उनले पार्टीद्वारा पारित प्रस्तावहरूलाई विस्तारपूर्वक आवगत गराउँदै सिक्किम र सिक्किमेली जनताको अस्तित्व, न्याय र समृद्धि सिक्किमवादी नेता श्री पवन चामलिङको नेतृत्वमा मात्र सम्भव छ भने।

सभालाई सम्बोधन गर्ने क्रममा पूर्व विधानसभा अध्यक्ष श्री के टी ग्याल्छेनले एसडीएफ पार्टीमा विभिन्न जात-जाति,धर्म, वर्ग र पेशाका समर्थक भए पनि पार्टीको नीति-सिद्धान्तले हामीलाई एकै ठाउँ जोडेको छ भने। श्री पवन चामलिङको उच्च विचारधारामा एकबद्ध छौँ, अनि एसडीएफ पार्टीको सिद्धान्तमा हामी केवल सिक्किमे हौं भने। एसडीएफ पार्टी सामाजिक प्रजातन्त्रवादी नेता श्री चामलिङको कुशल नेतृत्वमा रहेको सिक्किमेली जनताको पार्टी हो श्री ग्याल्छेनले भने।

आफ्नो सम्बोधनको क्रममा उनले एसडीएफ सरकारकालका उपलब्धिहरू विषयमा प्रकाश पारे। यसरीनै उनले 25 वर्षको कार्यकालमा एसडीएफ सरकारले सिक्किम र सिक्किमेली जनताको वर्तमान र भविष्यलाई अन्धकार नतुल्याएको बताउँदै एसकेएम सरकारले सिक्किमेली जनताको वर्तमान र भविष्य अन्धकार बनाएको छ, भने। चार वर्षभित्रमा राज्यका जनताले धेरै दु:ख पाए, आज राज्यमा प्रजातन्त्र छैन भन्दै पूर्व विधानसभा अध्यक्षले जनताको शान्ति र सुरक्षाको जिम्मेवारी लिन एसकेएम सरकार विफल भएको छ भने। उनले संविधानले प्रदान गरेको आर्टिकल 19 ले दिलाउने अधिकारहरूबारे जनतालाई आवगत गराउँदै एसडीएफ पार्टीको सिक्किम बचाऔं अभियानमा सक्रियतापूर्वक सहभागी बन्ने स्थानीय जनतालाई आह्वान आग्रह गरे।

अध्यक्षीय सम्बोधनमा श्री ओटी भोटियाले भने, परिवर्तनको नाममा बाटो भुलेर एसकेएम पार्टीको सरकार गठन गरेको महाभूललाई आज जनताले स्वीकारेका छन् । युवाहरूले श्री पवन चामलिङ मात्र सिक्किमलाई रक्षा गर्ने सही नेता हुन् भन्ने विषय बुझेर एसडीएफ पार्टीमा सामेल बनिरहेको उनले बताए। परिवर्तनलाई आत्मसात गरेर जनताले एसकेएम पार्टीलाई सरकारमा राखे पनि चार वर्ष बित्दा पनि एसडीएफ पार्टीले भन्दा कुनै ठोस र राम्रो काम गर्न नसकेको बताउँदै टासिडिङ आउने पुल नजिकको जीर्ण सडक आजसम्म मर्मति नभएकोमा खेद प्रकट गरे। यसै क्रममा उनले 2024 मा एसडीएफ सरकार आउनसाथ योकसम टासिडिङ समष्टिको समग्र विकासका निम्ति काम गर्ने पार्टीको पक्षबाट प्रतिबद्धता जाहेर गरे।

यसरीनै श्री भोटियाले विधायकले सरकारी सहुलियत सुङ्गुर, घर, च्यादर आदि बाडेर जनतालाई अल्मल्याउने काम गरिरहेका छन्, सरकारले त समष्टि र जनताको सर्वाङ्गीन विकास गर्नु सक्नुपर्छ, जनताको आयस्रोत र जीवनस्तर बढाउन सक्नु सही विकास हो, भने। एसडीएफ पार्टी र नेता श्री पवन चामलिङलाई साथ दिनोस् अनि सिक्किमलाई सुरक्षित र विकसित बनाऔं,श्री भोटियाले आग्रह गर्नु भयो।

श्री जीवन राईद्वारा सञ्चालन गरिएको आजको कार्यक्रममा स्वागत भाषण युवा संयोजक श्री लक्ष्मण गुरुङले राखेका थिए।

लाकु सदामु
सचिव,प्रचार-मामिला (पश्चिम)
एसडीएफ।
29.07.2023

 

Back to blog

Leave a comment