प्रेस विज्ञप्ति
"एसडीएफले भन्दा राम्रो काम गरेर देखाउन श्री थापाले एसकेएमलाई दिए चुनौती"
एसकेएम पार्टीको सरकार गठन भएदेखि यता राज्यका गाउँ-घरका समस्याहरू अझै बढेर गएका छन्। सडक एवम् यतायातको माध्यम्को अवस्था एकदमै दयनीय र जीर्ण भएर गएको छ। जनताका आयस्रोत घटेर गएका छन्। राज्यको शान्ति-श्रृङ्खला भङ्ग भएको छ। उक्त विचार एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष श्री डी बी थापाले मानेबुङ देन्ताम समष्टिको सभामा व्यक्त गरेका हुन्।
सिक्किम बचाऔँ अभियानअन्तर्गत आज मानेबुङ देन्ताम समष्टिको बेगामा समष्टिस्तरीय सभा श्री डीबी थापाको अध्यक्षतामा सम्पन्न भयो। आफ्नो अध्यक्षीय सम्बोधनका क्रममा श्री थापाले एसकेम सरकार सिक्कमेली साधारण जनताका बूनियादी आवश्यकता र अधिकारप्रति गम्भीर नरहेको बताए। यसैक्रममा उनले जनताको अधिकारलाई किन्ने कोसिस हुनसक्ने अथवा धम्की दिन सक्ने बताउँदै जनता डराउनु हुँदैन भने। जनताले आफ्नो सरकार कसरी ल्याउने भन्ने विषयमा सचेत हुनुपर्छ, जनताले सोचेर, बुझेरमात्र निर्णय लिनु पर्छ भन्दै त्यही सन्देश लिएर एसडीएफ पार्टी जनतामा आएको श्री थापाले बताए।
श्री थापाले भने, एसकेएम सरकारले ३७१ एफ रक्षा गर्न सकेन। पुराना कानुनको सुरक्षा गर्न एसकेएम सरकार चुकेकोले अहिले सिक्किमको अवस्था धरासयी र नाजुक बनेको छ, उनले थपे। एसकेएम सरकारले हाम्रो भविष्य एकपछि एक गर्दै खतरामा पारेको उनले दाबी गरे। उनले चिन्ता प्रकट गर्दै भने, सिक्किम दार्जिलिङ एकीकरणको कुरा उठिरहेको छ। सरकार यस विषयमा आजसम्म सिरियस भएको छैन ।
एसकेएम पार्टीले जनतालाई धम्काएर, डर देखाएर होइन दम छ भने एसडीएफ पार्टीलेभन्दा राम्रो काम गरेर २०२४-को चुनाउ जितेर देखाऊ श्री थापाले चुनौती दिए। एसडीएफ पार्टीले एसकेएम पार्टीको ढुङ्गा-मूढा र अराजकतालाई सामना गरेर जनताको आवाज बनिरहेको अवगत गराउँदै सिक्किम बचाउन सबै जनता एकजुट बन्नु पर्ने उनले आह्वान गरे।
सम्बोधन गर्ने क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष श्री टी एन शर्माले वित्त कानुन २०२३ विषयमाथि प्रकाश पार्दै सिक्किमेली जनताको आडेन्टिटि एसकेएम सरकारले धरासयी पारेको छ ठोकुवा गरे। यसरीनै उनले पार्टीद्वारा सिक्किमेली जनताका पक्षमा पारित प्रस्तावहरू सभामा प्रष्ट पारे।
पार्टीका वरिष्ठ नेता एवम् वरिष्ठ उपाध्यक्ष डा. ए डी सुब्बाले सम्बोधन राख्दै राज्यमा लिम्बू-तामाङलाई एसडीएफ सरकारले कसरी जनजातिको मान्यता दिलायो भन्ने सत्यता प्रकाश पारे। यस अतिरिक्त उनले लिम्बू-तामाङको सिट आरक्षण एसडीएफ पार्टी र नेता श्री चामलिङको नेतृत्वले दिलाउने ठोकुवा गरे।
पार्टीका प्रशासनिक मामिला उपाध्यक्ष श्री देव गुरुङले एसडीएफ सरकारको उलब्धीहरूबारे प्रकाश पारे। यसका साथै उनले एसकेएम पार्टीमा नीति र सिद्धान्त नभएकोले एसडीएफ पार्टीको कार्यक्रम र योजनाहरूलाई नाम फेर्दै अघिबढाइरहेको दाबी गरे। उनले सिक्किममा एसकेएम सरकारले सीएए, ओएनआरसी, मोटर भेकल एक्टजस्ता केन्द्रीय कानुन भित्राएर कसरी राज्य र राज्यबासीको अस्तित्वलाई सङ्कटमा पारेको छ भन्ने गहन विषयलाई सभामा प्रष्ट पारे।
आजको सभामा सीएलईसी अध्यक्ष श्री अर्जुन गुरुङले समबोधन राख्दै एसडीएफ सरकारकालमा आरम्भ गरिका धेरैवटा परियोजनाहरू आजसम्म पूर्ण नगरिएको जानकारी गराए। यसका साथै उनले एसकेएम पार्टी मानेबुङ देन्ताम समष्टिको कुनै पनि विकास कार्य गर्न पूर्ण रूपले विफल बनेको बताउँदै २०२४ मा एसडीएफ पार्टीको सरकार गठन गर्न आवश्यक भएको बताए।
यसरी नै सम्बोधन गर्ने क्रममा पार्टीका सङ्गठनिक उपाध्यक्ष श्री पेम्बा सलाखाले जनप्रिय नेता श्री पवन चामलिङको नेतृत्वकालमा शेर्पा जातिले प्राप्त गरेका सम्मान र न्यायबारे अवगत गराए। वर्तमान सरकार सिक्केमेली जनताको हक र अधिकारलाई कसरी ध्वस्त पारेको छ भन्ने गम्भीर विषयलाई श्री सलाखाले प्रकाश पार्दै शेर्पा जातिलाई न्याय दिने पार्टी केवल एसडीएफ मात्र हो, सिक्किमलाई सम्पूर्ण रूपले सुरक्षित राख्न श्री चामलिङको नेतृत्वलाई जनताले साथ दिनु पर्छ भने।
सभामा अवसकाश प्राप्त प्रिनिसिपल डाइरेक्टर डा. डी एस केरोङगीले सम्बोधन गर्दै आफू एसडीएफ पार्टीमा सामेल हुनको कारण साझा गरे। उनले भने, एसडीएफ मेरो आस्था, विश्वास र भरोसा हो भने सिक्किमको आवश्यकता हो। यसैक्रममा उनले वर्तमान सरकार जनताको काम गर्न मात्र विफल नभएर सिक्किमको माटो बचाउनसमेत विफल बनेको बताए।
सम्बोधनको क्रममा पार्टीकी चेली मोर्चा उपसंयोजिका एवम् पूर्व पञ्चायत श्रीमती पूर्णिमा राईले आफू दुर्दर्शी र जनवादी नेता श्री पवन चामलिङको नेतृत्वधीन एसडीएफ पार्टीको सदस्य भएकोमा गर्व महसुस गरेको अनुभूति साझा गरिन्। यसका साथै उनले एसडीएफ सरकारले नारी सशक्तिकरणका निम्ति गरिएका अभूतपूर्व उलब्धिहरू आवगत गराइन्।
गान्तोक जिल्लाका अध्यक्ष श्री विजय प्रधानले एसडीएफ पार्टीको महत्त्व र नेता श्री पवन चामलिङका जनमुखी विचार दर्शनलाई प्रकाश पारे। सिक्किम र सिक्किमेली जनतालाई एसडीएफ पार्टीलाई २०२४ मा विजय गरी आफ्नो जीवन र भविष्यको सुनिश्चित गर्ने आग्रह गरे।
आजको सभामा स्थानीय पऱ्याङ गाउँ, सोपाखा र श्रीनागी गाउँका एसकेएम कार्यकर्ताहरूले एसकेएम पार्टी परित्याग गरी एसडीएफ पार्टीमा सामेल बने। सीएलईसी सचिव श्री नारायण छेत्रीद्वारा सञ्चालित आजको सभामा स्वागत भाषण महासिच श्रीमती कान्ता राई र धन्यवाद ज्ञापन पूर्व जिल्ला पञ्चायत श्री एल बी राईले राखेका थिए।
पी.बी राई
सचिव, प्रचार-प्रसार मामिला (गेजिङ जिल्ला)
एसडीएफ।
०४.०८.२०२३