प्रेस विज्ञप्ति
"एसकेएम सरकार आएपछि सिक्किमेली जनताका सबै अधिकारहरू मासिए: वेगबहादुर राई"
पश्चिम सिक्किममा एसडीएफ पार्टीको समष्टिस्तरीय सभा निरन्तर रूपमा भइरहेको छ। आज पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत जुम सालघारी निर्वाचन क्षेत्रको सिङ्गेङ गाउँमा वरिष्ठ उपाध्यक्ष एवम् पूर्व विधायक श्री वेगबहादुर राईको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा पार्टीकी उपाध्यक्ष एवम् पूर्व मन्त्री डा. निरु सेवा, उपाध्यक्ष एवम् पूर्व विधायक श्रीमती मणिता मगर, पार्टीका पदाधिकारीगणलगायत स्थानीय जनताले उपस्थित जनाएका थिए।
सभामा श्री रुबेन सुब्बा, श्री विनोद राई, श्री सञ्जीत राई, श्री जेक किराँत र श्री ज्ञानु राईले वर्तमान समयमा युवाहरूले झेल्न परिरहेको परिस्थितिलाई प्रकाश पार्दै एसडीएफ पार्टी र नेता श्री पवन चामलिङको नेतृत्व सिक्किमेली युवाहरूका निम्ति महत्त्वपूर्ण रहेको विचार साझा गरे।
यसरी नै सभामा जुम वार्डका पञ्चायत श्री अगमसिंह राईले सम्बोधन गर्दै एसकेएम सरकारमा पञ्चायतहरू निष्क्रीय बनेर जनताका काम गर्न असमर्थ बनेको सत्यता उदाङ्गो पारे।
यसरीनै सभामा एसडीएफ पार्टीका दक्षिण-पश्चिम जिल्लाका उपाध्यक्ष-प्रभारी श्री जेबी दर्नालले जुम-सालघारीका जनताले परिवर्तन सरकारमा झेलिरहेको समस्या प्रकाश गर्दै एसकेएम सरकार ग्रामीण जनताको आधरभूत आवश्यक्तालाई सम्बोधन गर्न विफल बनेको बताए। यसरीनै श्री दर्नालले एसडीएफ सरकारले गरेको जनमुखी कार्ययोजनाहरू आवगत गराउँदै एसकेएम सरकार तानाशाही सरकार हो, भने।
वरिष्ठ उपाध्यक्ष डा. निरु सेवाले पार्टीले पारित गरेको महत्त्वपुर्ण प्रस्तावहरूबारे प्रकाश पारिन्। यसरी नै पार्टीकी उपाध्यक्ष श्रीमती मणिता मगरले एसडीएफ सरकारमा नारी जातिले प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरूलाई स्मरण गराइन्। सिक्किमको नारी सशक्तिकरणमाथि शोध गर्न परे श्री पवन चामलिङको नेतृत्वमा भएको नारीमुखी उपलब्धिहरूलाई नलिए शोध पूर्ण हुनेछैन श्रीमती मगरले भनिन्। एसडीएफ सरकारकाल सिक्किमेली नारीहरूका लागि स्वर्णीम काल हो, उनले भनिन्। एसकेएम सरकारले नारीको हक र हितका निम्ति काम गर्न नसकेको आवगत गराउँदै उनले 2024 मा एसडीएफ सरकार बनाउन आवश्यक भएको बताइन्।
अध्यक्षीय सम्बोधनमा श्री वेगबहादुर राईले एसकेएम सरकार आएपछि सिक्किम र सिक्किमेली जनताको हक,अधिकार र अस्तित्व मेटिएकोले सबै जनता सचेत बन्नु पर्ने बताए। यसै क्रममा उनले एनआरसी, सीएए, ओएनआरसीजस्ता केन्द्रीय कानुनहरू भित्र्याएर एसकेएम सरकारले सिक्किमेली जनताको अधिकार मासिदिएको बताए। वित्त कानुन 2023 ले
सिक्किमिज परिभाषा परिवर्तन गरेको छ, यसको जिम्मेवार गोले सरकार रहेको उनले ठोकुवा गरे।
श्री राईले राज्यका जनताले परिवर्तन खोजे तर सरकार परिवर्तन भए पछि जनताले गरेको अपेक्षा विपरीत दु:ख मात्र पाएका छन् भने। 2024 मा श्री पवन चामलिङको नेतृत्वमा फेरि एसडीएफको सरकार गठन गरी जनताका हरेक दु:ख, तक्लिफलाई सम्बोधन गरिने र सिक्किमलाई पुन समृद्धशाली बनाउनेछ, उनले प्रतिबद्धता व्यक्त गरे।
सिक्किम बचाउन निम्ति एसडीएफ पार्टीले थालेको सिक्किम बचाऔँ अभियानमा एकजुट भएर अघि आइदिन युवाहरूलाई उनले आग्रह गरे।
सोरेङ जिल्ला उपाध्यक्ष श्री दिनेश राईद्वारा संचालित आजको सभामा स्वगत भाषण सीएलईसी अध्यक्ष श्री सन्दीप राईले र धन्यवाद ज्ञापन सोरेङ जिल्ला अध्यक्ष श्री अखिल सुब्बाले राखेका थिए।
आजको सभामा युवाहरूलाई पार्टीको नयाँ पदभारको कार्यालय आदेशपत्र प्रदान गरियो भने अवकाशप्राप्त सचिव श्री आर के परियारले वर्तमान अवस्थामाथि आधारित कविता वाचन गरेका थिए।
जी एस रिजाल
महासचिव
प्रचार-प्रसार मामिला (पश्चिम)
एसडीएफ
27.07.2023