"एसकेएम पार्टीले आफै बोक्सी आफै धामीजस्तै नाटक गरिरहेको छ: के एन राई"

"एसकेएम पार्टीले आफै बोक्सी आफै धामीजस्तै नाटक गरिरहेको छ: के एन राई"

प्रेस विज्ञप्ति

"एसकेएम पार्टीले आफै बोक्सी आफै धामीजस्तै नाटक गरिरहेको छ: के एन राई"

आज 24 जुलाईको दिन पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत दरमदिन बजारको हाटघरमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-को दरमदिन समष्टिस्तरीय सभा वरिष्ठ उपाध्यक्ष एवम् पूर्व विधानसभा अध्यक्ष श्री के एन राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा पूर्वमन्त्री श्री सोमनाथ पौड्याल विशिष्ट अतिथिका रूपमा उपस्थिए थिए। पार्टीका पदाधिकारीगणलगायत स्थानीय जनताले उत्साहपुर्वक सभामा सहभागिता जनाएका थिए।
सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री एवम् वरिष्ठ उपाध्यक्ष श्री सोमनाथ पौड्यालले भने, लोकतन्त्रमा विपक्षी दल सरकारको ऐना हो, यसलाई जोगाउनु सत्तारूढ दलको जिम्मेवारी हो। राजनीति गर्दा आफ्नो मर्यादा भुल्नु हुँदैन भन्दै श्री पौड्यालले सर्वसाधारण जनतालाई उपेक्षा गर्नुहुँदैन भने।
सिक्किमका जनताले 2019 को चुनाउमा सरकार परिवर्तन गरेर हेरिसकेका छन् अनि आज जनताले पुरानै सरकार असल रहेछ भनेर बुझिसकेका छन्, यसैले 2024 मा एसडीएफलाई सरकारमा फर्काइल्याउन जनता तयार रहेको श्री पौड्यालले ठोकुवा गरे। श्री पौड्यालले भने, जनताले पनि तुलनात्मक दृष्टिले हेर्दैछन्। उनले भने, एसडीएफ पार्टी जनताको कल्याण गर्ने पार्टी हो अनि यो सदैव जनतासित खडा रहने पार्टी हो।
सभाध्यक्ष श्री श्री के एन राईले एसडीएफ पार्टी 1993 देखि नै सिक्किम र सिक्किमेली जनताको हित र पक्षमा खडा भएको पार्टी रहेको बताए। उनले भने, राजनीतिक दलहरूले सत्ता र चुनाउलाई ध्यानमा राखेर राजनीति गर्छन् तर एसडीएफ पार्टी भने सिक्किम र सिक्किमेली जनताको सुरक्षा, हित र भविष्यलाई ध्यानमा राखेर राजनीति गर्ने पार्टी हो।
श्री राईले भने, असल सरकारको मापदण्ड जनताको जीवनस्तरको आधारमा तय हुन्छ। आज सिक्किमको स्थिति ठीक छैन, जनताको जीवनस्तरमा ह्रास आएको छ। आय स्रोत छैन, राज्यको अर्थतन्त्र बिग्रिएको छ। उनले भने, एसडीएफ पार्टी र नेता श्री चामलिङले आफ्नो वचनलाई पालन गर्दै जनताको हितमा काम गरेको इतिहास छ। एसडीएफले सिक्किमको चौतर्फी विकास गरेको जनतालाई थाहा छ।
श्री राईले भने, मुख्यमन्त्री श्री पीएस गोले मुख्यमन्त्री मात्र होइनन् गृहमन्त्री पनि हुनुहुन्छ, तर उहाँले आफै जनताका घरभित्र पसेर ठीक पार्छौ भन्ने फरमान जारी गर्नुभयो। आज सिक्किमका जनता सुरक्षित छैनन्। श्री राईले एसकेएम सरकारले आफै बोक्सी आफै धामी जस्तो नाटक गरिरहेको छ, भने।
श्री राईले हालै परित भएका प्रस्तावहरूबारे सविस्तार चर्चा गर्दै सबैलाई सिक्किम बचाउने अभियानमा जोडिन आह्वान गरे।
सभामा एसकेएम समर्थक श्री ज्ञानबहादुर राई एसडीएफ पार्टीमा सामेल भएका थिए।
आजको सभामा युवा मोर्चा संयोजक श्री महेन्द्र नाल्बो, महासचिव सङ्गठन श्री पेमनर्बु शेर्पा, युवा मोर्चा उपसंयोजक श्री किशोर गुरुङ, चेली मोर्चा उपाध्यक्ष श्रीमती सकुन गुरुङ, युवा मोर्चा-प्रभारी श्री रबिन तामाङले सम्बोधन गर्दै वर्तमान सरकारका विफलताहरू प्रकाश पारेका थिए।
दरमदिन समष्टिका सीएलईसी अध्यक्ष श्री रबिलाल गुरुङले स्वागत भाषण राखेको सभामा सोरेङ जिल्ला अध्यक्ष श्री एमएस लिम्बूले धन्यवाद ज्ञापन दिएका थिए। सभाको सञ्चालन श्री सुमन राई र श्री अर्पण परियारले गरेका थिए।

जी एस रिजाल
महासचिव
प्रचार- प्रसार मामिला (पश्चिम)
एसडीएफ।
24.07.2023

 

Back to blog

Leave a comment